काठमाडौंमा नेपाल-भारत सहसचिवस्तरीय बैठक सुरु



काठमाडौं । नेपाल–भारत सहसचिवस्तरीय बैठक बुधबारबाट काठमाडौंमा सुरु भएको छ । बैठक दुई दिनसम्म चल्नेछ ।

परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा पञ्चेश्वर बहुउद्देशीय परियोजना, टनकपुर ब्यारेज, नेपाल–भारत सीमा टनकपुर–महेन्द्रनगर जोड्ने सडक निर्माण, चाँदनी–दोधारा क्षेत्रमा सिंचाई, सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोशी भण्डारण सह डाइभर्सन योजनाका बारेमा छलफल हुनेछ।

त्यस्तै कोशी र गण्डक आयोजनासँग सम्बन्धित मुद्दाहरू, कोशी आयोजना, गण्डक आयोजना, विभिन्न द्विपक्षीय समितिका गतिविधिहरूका बारेमा छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्