
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र अब देखि अनुमतिविना होर्डिङ बोर्ड र डिजिटल बोर्ड राख्न नपाइने भएको छ ।
बुधबार एक सार्वजनिक सूचना जारी गर्दै काठमाडौं महानगरपालिकाले अनुमति नलिएका र अनुमतिको अवधि सकिएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन निर्देशन दिएको छ ।
‘५ असोज गतेबाट अनुमति बीना वाहृय विज्ञापन सञ्चालन नगर्नर नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरको सूचनामा भनिएको छ ।





