३८ अंकले ओरालो लाग्यो नेप्से परिसूचक



काठमाडौं । साताको तेस्रो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । सोमबार सार्वजनिक बिदाको कारण बन्द भएको सेयर बजार आइतबार ३३.९७ अंकले गिरावट आएको थियो ।

आज ३८.८१ अकंले नेप्स ओरालो लागको छ । आज नेप्से २.०७ प्रतिशतले घटेर १८३७.६० को बिन्दुमा पुगेर बन्द भएको छ ।

आज २३१ कम्पनीका ३८ लाख ५९ हजार ५३८ कित्ता सेयर किनबेच भएको छ । आज एक अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२.२७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्