
धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा नौ दिनदेखि अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य बिग्रँदै गएको छ । अस्पताल प्रशासनले उनको जीवन रक्षाकै लागि भए पनि जबर्जस्ती काठमाडौं ल्याउने तयारी गरेको छ ।
अनसनरत केसीले भने आफ्ना माग पूरा नभई काठमाडौँ नआउने अडान लिएका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारीका अनुसार काठमाडौँबाट जसरी भए पनि डा.केसीलाई पठाउन निर्देशन आइसकेको छ । यही कारण आज उनलाई जबर्जस्ती भए पनि काठमाडौं लगिने उनको भनाइ छ ।





