बैतडीमा पाटन प्रिमियर लिग प्रतियोगिता सुरु



बैतडी । बैतडीको पाटनमा दोश्रो संस्करणको पाटन प्रीमीयर लिग (पीपीएल) पुरुष टी–२० खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

उक्त प्रतियोगिता उद्घाटन गर्दै पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले नगरपालिकाले खेलकुदको विकास र खेलाडी उत्पादनका लागि सहयोग गर्ने बताए ।

वडानं ६ स्थित कृष्ण माविको खेलमैदानमा भएको उद्घाटन खेलमा धारिलो क्रिकेट क्लबले भूमेश्वर युवा क्लबलाई पराजित गरेको छ । यस्तै अर्को खेलमा महामाया क्रिकेट क्लबलाई पछि पार्दै ग्वाल्लेक क्रिकेट क्लब विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्