राष्ट्रिय युवा संघ बूढानीलकण्ठको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा पुरुषोत्तम सापकोटा र सचिवमा हेब्सिवा तामाङ



काठमाडौं । राष्ट्रिय युवा संघ बूढानीलकण्ठको प्रथम अधिवेशनबाट अध्यक्षमा पुरुषोत्तम सापकोटा र सचिवमा हेब्सिवा तामाङ निर्वाचित भएका छन् ।

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले पुरुषोत्तमको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरेको छ ।

युवा संघ नगर कमिटीका अध्यक्ष कर्ण लामाको संचालन रहेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी प्रवेश गरेका युवाहरुलाई प्रमुख अतिथि डा. भट्टराईले अविर र खादा लगाई स्वागत गरेका थिए ।

नवगठित समितिको विवरण :
अध्यक्ष : पुरुषोत्तम सापकोटा
उपाध्यक्ष : भोला विक्रम खड्का
सचिव : हेव्सिवा तामाङ
सह–सचिव : शिशिर श्रेष्ठ, सोनाम तामाङ, विक्रम श्रेष्ठ छानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्