एएफसी यू–२० एसियन कप : ३–० गोलले नेपाललाई बंगलादेशले हरायो



काठमाडौं । बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा नेपाल जितविहीन बनेको छ ।

आइतबार राति भएको लिगको अन्तिम खेलमा बंगलादेशसँग ३–० गोल अन्तरले पराजित हुँदै नेपाल जित बिहीन बनेको हो ।

बंगलादेशलाई देशलाई जिताउन एमडी मोजिबोर जोनी, एमडी पियास नोभा र साजेद हसन निजुमले १–१ गोल गरे ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा भएको खेलमा नेपाल ९ र बंगलादेश १० खेलाडीमा समेटिएको थियो।

खेलको छैटौं मिनेटमा जोनीले गोल गर्दै बंगलादेशलाई सुरूआती अग्रता दिलाएका थिए ।

खेलको १० औं मिनेटमा नोभाले गोल गर्दै बंगलादेशको अग्रता दोब्बर पारे।

प्रतिक्रिया दिनुहोस्