
काठमाडौं । समुदायमा आधारित वन सहजकर्ता सञ्जाल नेपाल (कप्सन नेपाल)को पाँचौ राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ ।
राष्ट्रिय सभा सदस्य डा. विमला राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विभिन्न सरकारी÷गैरसरकारी निकायका प्रतिनिधि लगायत सञ्जालका देशभरीका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
सञ्जालका अध्यक्ष अप्सरा चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देशभर विभिन्न क्षेत्रमा रहेर वन क्षेत्रमा सहजीकरण गर्दै स्थानीय तह २०७९ मा निर्वाचित जनप्रतिनिधि, सञ्जालका पदाधिकारी र १३ जना सदस्यहरुलाई सम्मान गरिएको थियो ।

कप्सन नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनबाट,
अध्यक्ष : विना श्रेष्ठ
उपाध्यक्ष : छिन्डुम मेनक्पा भोटे
महासचिव : श्यामकृष्ण श्रेष्ठ
उप–महासचिव : डिल्ली गिरी
कोषाध्यक्ष : सुदिल गोपाल आचार्य सहित १७ सदस्यीय कार्य समिति तथा कमल गौतमको संयोजकत्वमा ३ सदस्यीय अनुगमन समिति गठन गरी वन क्षेत्र सवालको सन्दर्भमा प्रतिवद्धता पत्र जारी गरिएको छ ।
वन क्षेत्र र स्थानीय समुदाय विचको अन्तरसम्बन्धका सवाल तथा सञ्जालको भावी कार्य दिशाको बारेमा समेत महाधिवेशनबाट कार्यपत्र प्रस्तुत भएको छ ।





