संविधानमा उल्लेख गरेका मौलिक हकलाई व्यवहारमा सफल बनाउन अघि बढेको छ : ओली



काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी ओलीले संविधानमा उल्लेख गरिएका शिक्षा, स्वास्थ्य, रोजगारीलाई सफल बनाउन अघि बढेको बताएका छन् ।

संविधान दिवसका अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै उनले संविधानमार्फत शिक्षा, स्वास्थ्य रोजगारी र उद्यमशीलता तथा सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा उल्लेख गरेको भन्दै अब ती कुरालाई व्यवहारमा सफल बनाउन अघि बढेको बताएका हुन्।

अध्यक्ष ओलीले संविधान दिवसकै अवसरमा असोज १ गते पदयात्रा गरेर युवाको भविष्य सुनिश्चित गर्नका लागि कमाइ, औषधि र पढाइको अवधारणा ल्याएको बताए।

प्रतिक्रिया दिनुहोस्