एमाले अध्यक्ष ओली र विश्व बैंकका उपाध्यक्ष मार्टिनबीच भेटवार्ता



काठमाडौं । नेकपा एमाले का अध्यक्ष केपी ओली र विश्व बैंक दक्षिण एसियाका क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

बालकोटस्थित ओली निवासमा दुई जनाबीच आइतबार भेटवार्ता भएको हो।

भेटमा उपाध्यक्ष रेजरले नेपालको पर्यावरण, कृषि र वनजंगल तथा भित्री सहरलाई व्यवस्थित गर्नका निम्ति सहयोग गर्न विश्व बैंक तयार रहेको बताएका छन्।

भेटमा एमाले उपमहासचिव विष्णु रिमाल, कन्ट्री डाइरेक्टर फेरिस हदाद जर्भोज पनि सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्