३३ अंकले घट्यो नेप्से परिसूचक



काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ३३.९७ अंकले घटेर १८७६.४१ को बिन्दूमा आइपुगेको छ ।

कारोबारमा आएका २२९ कम्पनीमध्ये १८० कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । ८ कम्पनीको सेयर मात्रै बढेको छ । घटेको बजारमा पनि कारोबार रकम भने डेढ अर्ब हारहारी रह्यो ।

आइतबार ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर २७ हजार ७९० पटक कारोबार हुँदा कुल कारोबार रकम एक अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँ रह्यो । आइतबार दोस्रो बजारमा ग्लोबल आईएमई सम्मुनत स्किम एकको मूल्य ५.३५ प्रतिशत, नेपाल ल्युव आयल ४ प्रतिशत, लक्ष्मी बैंकको मूल्य ३.६६ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्