समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगलाई बुझाउँदै जसपा



काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)नेपालले सामानुपातिक उम्मेदवारको बन्दसूची आज निर्वाचन आयोगलाई बुझाउने भएको छ ।

पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची निर्धारित समयमै आयोगलाई बुझाइने जसपाका प्रवक्ताले जानकारी दिए।

उनले पार्टीको कार्यकारिणी समिति र संसदीय बोर्डको बैठकले उम्मेदवारको बन्द सूचीलाई अन्तिम रुप दिएको र केही प्राविधिक काम सकेर आजै आयोगमा सूची बुझाइने बताए।

प्रवक्ता सुमनले पार्टीकातर्फबाट प्रतिनिधिसभाकाका लागि एक सय १० जना र सातवटै प्रदेशको बन्द सूची आयोगमा पठाइने जानकारी दिए।

उम्मेदवारको सूची तयार गर्न जसपाको भदौ ३१ र असोज १ गते कार्यकारिणी समितिको बैठक बसेको थियो भने भदौको २९ र ३१ गते संसदीय बोर्डको बैठक भएको थियो।

यसैबीच लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पनि समानुपातिक उम्मेदवारको बन्द सूची भोलि सोमबार आयोगलाई बुझाउने भएको छ।

लोसपाका कार्यकारिणी सदस्य केशव झाका अनुसार पार्टीको शीर्ष नेताको बैठकले समानुपातिक उम्मेद्वारको सूची तयार गरिसकेको छ। रासस

प्रतिक्रिया दिनुहोस्