विज्ञापन बोर्डको सदस्यमा पवन अधिकारी नियुक्त



काठमाडौं । विज्ञापन बोर्डको सदस्यमा सुनसरीका पवन अधिकारी नियुक्त भएका छन् । सरकारको मन्त्रिस्तरीय निर्णयबाट अधिकारीलाई बोर्डको सदस्य नियुक्त गरिएको हो ।

अधिकारीलाई बोर्डको सदस्यमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव सुरेन्द्र थापाले जारी गरेको सूचनामा उल्लेख छ ।

भदौ ३१ गतेको मन्त्रिस्तरीय निर्णयले चार वर्षका लागि विज्ञापन ऐन, २०७६ को दफा १४ को उपदफा (१) को खण्ड (ङ) बमोजिम अधिकारीलाई सदस्यमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्