मलाई रोक्दा हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : चोलेन्द्र शमशेर



काठमाडौं । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै सर्वोच्च अदालत छिर्न खोजेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई रोक्दा हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।

आफूलाई सर्वोच्च छिर्न नदिने योजना बनाएर सरकार अराजकता तर्फ गएको टिप्पणी उनले गरेका छन् ।

जबराले आफू सर्वोच्च अदालत फर्किने सन्देश पठाएसँगै सर्वोच्च परिसरमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । नेपाल बार एशोसिएसनले जबरालाई सर्वोच्च छिर्न नदिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्