निलम्बित प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने बारको निर्णय



काठमाडौँ । नेपाल बार एशोसिएसनको आकस्मिक बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ।

आज बिहान बसेको बैठकले जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने निर्णय गरेको अध्यक्षले जानकारी दिए।

निलम्बित प्रधानन्यायाधीश जबराले आफूमाथिको महाअभियोग टुंगो नलाग्दै सर्वोच्च फर्किने बताए पछि सत्ता गठबन्धन पक्षधर वकिलहरू सर्वोच्चको गेट वरपर बाक्लो रुपमा उपस्थित भएका छन्।

प्रतिक्रिया दिनुहोस्