उपत्यकामा एमालेको पदयात्रा (फोटो फिचर)



काठमाडौँ । संविधान दिवसको पूर्वसन्ध्यामा नेकपा एमालेले आज काठमाडौंमा वाकथन (पदयात्रा) गरेको छ ।

पदयात्रा बिहान ७ बजेबाट उपत्यकाका बानेश्वर, मैतीदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको थियाे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैँले पदयात्राको नेतृत्व गरेका छन् । उनको साथमा पत्नी राधिका शाक्य पनि पदयात्रामा सरिक छिन् ।

यही असोज ३ गते को संविधान दिवसलाई राष्ट्रव्यापी रुपमा मनाउने र त्यसकै सन्देश दिनलाई काठमाडौँ उपत्यकामा पदयात्रा गरिएको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्