राष्ट्रिय युवा परिषद्को नविन सोच विचार संकलनका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना



काठमाडौं । राष्ट्रिय युवा परिषद्ले १६ देखि ४० वर्ष उमेर समूहका युवाका नविनतम सोचहरुलाई उद्यम व्यवसायमा परिणत गर्न आवश्यक सहयोग गर्ने तथा इन्क्युवेसन सेवा प्रदान गर्ने उद्देश्यले ‘नविन सोच विचार संकलनका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना’ जारी गरेको छ ।

राष्ट्रिय युवा परिषद्को आ.व. २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम ‘युवा नवप्रवर्तन तथा इन्क्युवेसन सेन्टर संचालन तथा नमूना विकास’ अन्तर्गत युवाहरुको नविनतम सोच विचारहरु संकलनका लागि सूचना प्रकाशन भएको ३० दिनभित्र अनलाइन आवेदन फाराम भर्नका लागि परिषद्का प्रशासकीय प्रमुख रमाकान्त शर्माले यसै सूचना मार्फत आव्हान गरेका छन् । उनले परिषद्को वेभसाइट www.nyc.gov.np तथा फेसबुक पेज nationalyouthcouncil मा अनलाइन फाराम उपलब्ध रहेको जानकारी गराए ।

नविन सोच विचारहरु प्रतिस्पर्धाका माध्यमबाट छानिने र त्यसलाई आवश्यक सहयोग गरिने परिषद्ले जनाएको छ । प्रथम चरण छनोटमा परेका नविन सोच तथा विचारहरुलाई सकेसम्म (प्रोटोटाइप) तयार गर्न लगाई प्रत्यक्ष भौतिक रुपमा गरिएको प्रस्तुतीलाई समेत अवलोकन गरी दोस्रो चरणको नतिजा प्रकाशन गरिनेछ ।

राष्ट्रिय युवा परिषद्द्वारा जारी गरिएको सूचना :

प्रतिक्रिया दिनुहोस्