बाल उद्धार माविमा शिक्षक तथा कर्मचारीको आवश्यकता



काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको एकमात्र नमूना विद्यालय बाल उद्धार माध्यमिक विद्यालयले ‘नमूना विद्यालय विकास कार्यक्रम २०७५’ अनुसार शिक्षक तथा कर्मचारीको माग गरेको छ ।

विद्यालयले व्यवस्थापन समितिको निर्णय अनुसार योग्यता पुगेका नेपाली नागरिकहरुबाट रितपूर्वक दरखास्त आव्हान गर्न शिक्षक छनोट समितिका सदस्य सचिव तथा विद्यालयका प्रधानाध्यापक विनोद पण्डितले सार्वजनिक सूचना जारी गरेका छन् ।

नमूना विद्यालय विकास कार्यक्रम २०७५’ अन्तर्गत नमूना विद्यालयको लागि नेपाल सरकारले प्रदान गर्ने अनुदान सहयोग जारी रहेको समयसम्म मात्र माग गरिएको शिक्षक तथा कर्मचारीहरुको कार्यकाल रहनेछ ।

विद्यालयले माग गरेको शिक्षक तथा कर्मचारी :

क) लेखा तथा प्रशासन सहायक (पूर्णकालिन) –१ जना
ख) आधारभूत अंग्रेजी शिक्षक (पूर्णकालिन) –१ जना
ग) बाल कक्षा शिक्षक (पूर्णकालिन) –१ जना
घ) सुरक्षा गार्ड (पूर्णकालिन) –१ जना
ङ) सरसफाई तथा आया (पूर्णकालिन) –१ जना
च) संगीत शिक्षक (आंशिक) –१ जना
छ) नृत्य शिक्षक (आंशिक) –१ जना
ज) आई सि टि डिजाईनर (आंशिक) –१ जना
झ) खेलकुद प्रशिक्षक (आंशिक) –१ जना

विद्यालयद्वारा जारी सूचना :

यो पनि पढ्नुहोस्

बाल उद्धार मावि बन्यो बूढानीलकण्ठकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय

बालउद्धार माविमा चिनियाँ भाषाको पठनपाठन शुरु : छात्रवृत्तिमा चीन जाने अवसर

डा. राजन भट्टराईद्वारा बालउद्धार माविको नवनिर्मित भवन समुद्घाटन तथा सम्मान

त्रिभुवन विश्वविद्यालय र बालउद्धार मा. वि. बीच सम्झौता : आगामी शैक्षिक सत्रदेखि चिनियाँ भाषा पढाउने समझदारी

प्रतिक्रिया दिनुहोस्