
धनगढी । धनगढी विमानस्थलकाे धावनमार्गमा जहाज अवतरण गर्नेबेला स्याल छिरेकाे छ । यसपछि जहाज अवतरणमा ढिलाइ भएकाे विमानस्थल कार्यालयले जनाएको छ । काठमाडाैँबाट आएको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि जहाजले ओभरसुट गरेको थियो ।
ओभरसुट गरेको जहाजले धनगढीको आकाशमा फन्को मारेर पछि अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयकाअनुसार बेलाबखत ग्राउण्डमा स्याल प्रवेश गर्दा समस्या हुने गरेको छ ।





