कपन डुबानमा गगन थापा आफैं बोक्सी, आफैं झाँक्री ! (भिडियोसहित)



काठमाडौं । हरेक वर्ष वर्षाको समयमा कपन जगडोलहुँदै आनीगुम्बा छिचोलेर मिलनचोक तरकारी बजार बग्ने चखुन्चा खोलाले सयौं घरहरु डुबानमा पार्दै आईरहेको छ ।

संविधान सभा सदस्यदेखि संघीय सांसदसम्म पटक–पटक मतदान गरी नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई जिताउने कपन क्षेत्रका (बूढानीलकण्ठ–१०, ११ र १२) नागरिकको पिडामा उनी राजनीति गरिरहेका छन् ।

जबजब चुनाव आउँछ, तबतब जनताको आँखामा छारो हाल्न केही प्रायोजित पत्रकार बोकी थापा मन्त्रालय, प्राधिकरण र विभाग धाउने गर्छन् । दुईपटक प्रत्यक्ष र एक पटक समानुपातिक गरी पन्ध्र वर्षसम्म निरन्तर सत्ताको सेरोफेरोमा रहेका सांसद थापाले चुनावको मुखमा देखाउने सक्रियताले स्थानीयको पिडालाई गिज्याईरहेको देखिन्छ ।

थापा काँग्रेसको महामन्त्री बन्नु र उनकै सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको करिव १ वर्षसम्म कपन डुबानबारे कुनै ठोस निर्णय होइन् चासो र चिन्ता नदेखाउने तर निर्वाचनको मिति घोषणा भएपछि गोजिका पत्रकार च्यापेर जनता झुक्याउने विकासको बारेमा कपनवासी सु–सूचित भई सकेका छन् ।

काठमाडौं क्षेत्र नंं. ४ कै विकासवादी नेता डा. राजन भट्टराई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश मामिला सल्लाहकार हुँदा आनीगुम्बादेखि गुरुङटोलसम्म हुने कहालीलाग्दो डुबान समस्या करिव १० करोड बजेट मार्फत बक्स कल्भर्टको माध्यमले निर्माण सम्पन्न गराई सो क्षेत्र अहिले डुबान मुक्त जस्तै बनेको छ ।

डा. राजन भट्टराईकै पहलमा आनीगुम्बादेखि मिलनचोक तरकारीबजारसम्म करिव ४२ करोड बजेटको टेण्डर खुलाई करिव २९ करोडमा हाई हिमालय र पिएस कन्सट्रक्सनको जेभीमा काम थालनी गराएका थिए ।

नेपालको प्रचलित खरिद विक्री ऐन अनुसार सवैभन्दा कम मूल्यमा ठेक्का हाल्नेलाई पर्ने अवस्थाको फाइदा उठाउँदै नेपाली काँग्रेस निकट ठेकेदारले ठेक्का पाएपछि सुरुवाती दिनदेखि नै कल्भर्ट निर्माण कार्य सुस्त बन्न पुग्यो ।

कपन डुबान समस्या समाधान भएमा यसको सबै जस नेकपा एमाले र विशेष गरी डा. राजन भट्टराईलाई जाने आँकलन गरेका थापाकै कारण निर्माण अवरोध भएको बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ का वडाध्यक्ष शम्भु भट्टराईले बताए ।

विशेषगरी नेपाल विद्युत प्राधिकरणले पोल नसारेको कारण निर्माण अगाडि बढाउन नसकिएको कन्सट्रक्सनका साईड इन्जिनियर राजीव यादवले बताएपनि वडाध्यक्ष भट्टराईका अनुसार वडामार्फत बूढानीलकण्ठ नगरपालिकाले नेपाल विद्युत प्राधिकरणलाई बुझाउनुपर्ने ६० लाख धरौटी राखेपनि विभिन्न बहाना देखाउँदै सांसद थापाकै बदनियतले लामो समयदेखि पोल सार्ने काम समेत अवरोध भएको बताए ।

कपन डुबानको दीर्घकालिन समस्या समाधान गर्ने हवाला दिदै सांसद थापाले अर्काे कु–प्रचार गरिरहेका छन् । जसअनुसार आनीगुम्बादेखि तरकारी बजारसम्म डा. भट्टराईकै पहलमा विनियोजित रकम अन्तर्गत टेण्डर स्वीकृत भई केही मात्रामा काम समेत थालिएकोले सो टेण्डर रद्द हुने कुनै सम्भावना देखिदैन ।

तरकारी बजारदेखि धोवीखोलासम्म टेण्डर हुन बाँकी रहेको भागमा खोलालाई खुला छोड्नुपर्ने प्रारम्भिक छलफलको निष्कर्ष भएपनि तत्काल टेण्डर आव्हान गर्ने सम्भावना देखिदैन् । यद्धपी उपत्यका विकास प्राधिकरणमा शहरी विकास मन्त्रीसहित केही विज्ञ बोलाई गरिएको प्रारम्भिक छलफल तत्कालका लागि उपलब्धीहिन देखिन्छ ।

सांसद थापा कपन डुबान समस्याप्रति साँच्चै जिम्मेवार थिए भने उनकै सभापति देउवा प्रधानमन्त्री भएको पहिलो हप्तादेखि नै डुबान समस्याबारे छलफल मात्र होइन बजेट समेत विनियोजन गराई काम शुरु गर्न सक्ने थिए । स्थानीय तहमा नेकपा एमालेका जनप्रतिनिधिहरुले जितेपछि थापा डुबान समस्या समाधान भन्दा समस्या बल्झाएर आफैं बोक्सी, आफैं झाँक्रीको अभिनय गरिरहेको देखिन्छ ।

या पनि पढ्नुहोस्

सार्वजनिक सुनुवाईमा पुगेका डा. राजन भट्टराई स्थानीयको घेराबन्दीमा (भिडियो सहित)

कपनको डुवान समस्या समाधानमा सक्रिय विकासवादी नेता डा. राजन भट्टराई (भिडियो सहित)

डा. राजन भट्टराईको पहलमा आनीगुम्बा डुबान समाधानका लागि टेण्डर आव्हान हुँदै

‘पानी सहितको धारा’ घर–घर पुर्‍याउने डा. राजन भट्टराईको बाचा पुरा हुँदै

डा. राजन भट्टराईद्धारा आफ्नै पहलमा निर्माण भैरहेका बूढानीलकण्ठ १३ र ८ का विभिन्न परियोजनाको निरीक्षण : विकासबाट स्थानीयवासी सन्तुष्ट

डा. राजन भट्टराईद्वारा आफ्नो पहलमा निर्माणाधीन बूढानीलकण्ठका विभिन्न परियोजनाहरुको स्थलगत अनुगमन

डा. राजन भट्टराईद्दारा बिएमसिए स्कुलमा निर्माण गरिएको आइसोलेशन केन्द्रको निरीक्षण

डा. राजन भट्टराईद्वारा बूढानीलकण्ठका दर्जनौं परियोजनाको निरीक्षण भ्रमण सम्पन्न (फोटो फिचर)

प्रतिक्रिया दिनुहोस्