७ सयले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको जानकारी दिएको छ ।

महासंघले आजको कारोबार मूल्य तोक्दै भाउ घटेको जानकारी दिएको हो । मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य ९३ हजार ५०० र तेजाबी सुनको ९३ हजार रुपैयाँ छ ।

यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँ घटेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य ११ सय ७५ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्