बाल उद्धार माविको प्रतियोगितात्मक र स्वागत कार्यक्रम सम्पन्न (फोटो फिचर)



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १० मिलनचोकस्थित बाल उद्धार माध्यमिक विद्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबिच विभिन्न प्रतियोगिता सहित कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको छ ।

कक्षा ११ का विद्यार्थीहरुलाई नगरप्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा शैक्षिक सामग्रीसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरे, बूनपा १० का वडाध्यक्ष नवराज भट्टराई, बूनपा १२ का अध्यक्ष शम्भु भट्टराई, प्रधानाध्यापक विनोद पण्डित लगायतले स्वागत गरेका थिए । त्यस्तै विभिन्न विधामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई समेत पुरस्कार वितरण गरिएको थियो ।

विद्यालयका शिक्षक सन्तोष लुईटेलको संचालन रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारी, विभिन्न समाजसेवी, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा लोक गायक सूर्यमणि आचार्यले विभिन्न लोक गीतहरु गाएका थिए भने विद्यार्थीहरुले गायन, नृत्य, नाटक र वक्तृत्वकलाको प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्