कृषिमार्फत रोजगारी सिर्जना गर्ने अभियानमा पूर्वमन्त्री मणि लामा



काठमाडौं । नेपालमा कृषि मार्फत विभिन्न तरिकाले रोजगार  सिर्जना गर्न सकिने भन्दै कृषि अभियान संचालन गरिरहेका पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मणि लामाले नेपालको गरिवी बेरोजगारी समस्या समाधान कृषि मार्फत सम्भव हुने बताएका छन् । परिवर्तन खवरसँगको कुराकानीमा लामाले, ‘नेपालको बेरोजगारी समस्या समाधान गरी नेपाललाई आर्थिक विकास र समृद्धि हासिल गर्न सकिने बताएका छन् ।

यसका लागि आफूले विभिन्न स्थानमा उत्पादन हुने कृषि उपज तथा जडिबुुटि जन्य सामग्री संकलन तथा बजारीकरणका लागि काम गरिरहेको बताए । उनले नेपालमा पाइने सिस्नोको धुलो, गुन्दु्रक, सिन्की, मह, लोकल गाई भैंसीको घिउ, मरिङ्गाको पाउडर तथा टिमुर जस्ता स्थानिय उत्पादनहरुलाई संकलन गरी बजारीकरण गरेर स्थानीय स्तरमा आफू रोजगारि सिर्जना गर्न लागि परेको बताएका छन् । उनले गाउँघर, पाखा पखेरामा भएको सिस्नो त्यत्तिकै खेर गइरहेको बताउँदै संकलन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गरी रोजगार सिर्जना गर्न थालिएको जानकारी गराए । यसैगरी अभियानलाई देशैभरि पुर्याउनको लागि विभिन्न स्थानमा प्रतिनिधि छनोट गर्ने काम भइरहको बताए ।

उनले आफूसँग भएको उत्पादन भए सम्पर्क राख्न अनुरोध गर्दै विभिन्न तरिकाले अभियानमा हातेमालो गरेर अगाडि बढ्न सम्पूर्णमा अनुरोध गरेका छन् । आफ्नो विभिन्न अभियानहरुमा नेपालको जडिबुटि संकलन, कृषि उपज संकलन औैषधीय गुण भएका जडिबुटिको रोपण रहेको बताए । यसैगरी हरेक वडामा कृषि उपज संकलन र त्यसको विभिन्न तरिकाले प्रशोधन तथा प्याकेजिङ गरी विभिन्न तरिकाले बजारिकरण (मार्केटिङ्ग) गरिने बताए ।

उनका अनुसार हाल सिस्नोको धुुलो जापानको एक कम्पनिबाट प्रमाणित भई आइसकेको र सिस्नोको धुलोलाई अन्तराष्ट्रिय बजारमा लान सकिने बताए । उनले मरिङगाको पाउडर स्वास्थ्यको लागि हितकर रहको र नेपालको ब्राण्ड अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढाउँदा नेपालको पहिचान समेत स्थापित हुने बताए ।

अर्को योजनाको बारेमा बताउँदै नेपालमा रहेका बाझा जमिन लिजमा लिएर काम गर्ने, त्यसमा विभिन्न प्रकारका बहुबर्षे फलफूलको विरुवा रोपेर निरन्तर उत्पादन लिने गरी काम सुरु भइसकेको बताए । यस मार्फत नेपालको आर्थिक विकासमा टेवा पुग्ने, रोजागारको सृजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्