
काठमाडौं । खानेपानीको अभाव भोगिरहेको धरान उपमहानगरपालिमा श्रमदानमार्फत समस्या समाधानको प्रयास भइरहेको छ । धरानका मेयर हर्क साम्पाङले धरानमा पानी ल्याएको भिडियो सार्वजनिक गर्दै सानो प्रयास सफल भएको प्रतिक्रिया दिएका छन् ।
श्रमदानमार्फत धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएपछि धेरैले मेयर साम्पाङलाई बधाई दिएका छन् । भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ । अहिले यो भिडियो सामाजि सञ्जालमा पनि निकै भाइरल भइरहेको छ ।





