काठमाडौं आइपुगे चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु



काठमाडौं । चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु चारदिने भ्रमणको लागि काठमाडौं आइपुगेका छन् । सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका ली साढे ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

चिनियाँ विशेष विमानबाट ६७ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा आएका लीलाई सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्