१३ अंकले ओरालो लाग्यो नेप्से परिसूचक



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्सेमा गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से १३.५९ अंक (०.७१ प्रतिशत) ले गिरावट भएर १९१२.६९ अंकमा बन्द भएको छ । आइतबार दोहोरो अंकले नै गिरावट भएको नेप्से सोमबार पनि घटेको हो ।

नेप्सेसँगै सामूहिक लगानी कोष बाहेक सबै उपसूचकमा गिरावट भएको छ । सामूहिक लगानी कोष उपसूचक भने ०.१२ प्रतिशकतले वृद्धि भएको छ । नेप्सेमा गिरावट हुँदा सोमबार आइतबारको भन्दा कारोबार रकम भने केही बढेको छ । आइतबार ७५ करोड पनि नपुगेको कारोबार रकम सोमबार सामान्य वृद्धि भएको हो । सोमबार धितोपत्र बजारमा २६ लाख १३ हजार ५४० कित्ता सेयर किनबेच हुँदा ८३ करोड १६ लाख ४ हजारको कारोबार भएको छ ।

सोमबार नेप्सेमा कारोबार भएका कम्पनीमध्ये नबिल बैंकको सर्वाधिक ४ करोड ७ लाख ५५ हजारको सेयर किनबेच भएको छ । त्यस्तै रिडी हाइड्रोपावरको २ करोड ७९ लाख ५९ हजारको कारोबार हुँदा हिमालयन डिस्टिलरीको २ करोड ५६ लाख ७१ हजारको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्