
काठमाडौं । कीर्तिपुरमा मिटरब्याजका पीडित र प्रहरीबीच झडप भएको छ ।
मिटरब्याज पीडित प्रदर्शनका लागि माइतीघर मण्डल आउँदै गर्दा प्रहरीले रोकेको थियो।
गाडीमा आउन लागेका उनीहरूलाई प्रहरीले रोकेपछि हिँडेरै माइतीघर आउन लागेका थिए। हिँडेर आउन लाग्दा पनि प्रहरीले रोकेपछि झडप भएको हो।
प्रहरीले मिटरब्याज पीडितहरूमाथि लाठीचार्ज र कुटपिट गरेका थिए । मिटरब्याज पीडितलाई प्रहरीले कीर्तिपुरस्थित प्रहरी वृत्तमा राखेको छ।





