साफ यु-१७ च्याम्पियनसिप : फाइनलमा नेपालले श्रीलंकासँग खेल्दै



काठमाडौं । श्रीलंकामा भइरहेको साफ यु—१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज घरेलु टोली श्रीलंकासँग खेल्दैछ ।

नेपाल र श्रीलंकाबीचको खेल कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार राति ८ः१५ बजे सुरु हुनेछ ।

नेपाल समूह बी को बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले समूह चरणमा भुटानलाई २—१ र भारतलाई ३–१ ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्