प्रचण्डलाई भेट्न खुमलटार पुगे गृहमन्त्रि र कानून मन्त्री



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र कानून मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सोमबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

संसदमा रहेका विभिन्न विधेयकलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न गृहमन्त्री र कानून मन्त्री प्रचण्ड निवास खुमलटार पुगेका थिए।

भेटवार्ताका क्रममा मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलगायत विषयमा पनि कुराकानी भएको थियो।

प्रतिक्रिया दिनुहोस्