फेरि मुख्यमन्त्रि बनेर अपूरा काम पूरा गर्ने धोको छ : पृथ्वीसुब्बा गुरुङ



लमजुङ । नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले फेरि मुख्यमन्त्री बनेर अपूरा काम पूरा गर्ने धोको रहेको उनले बताए ।

प्रेस चौतारी नेपाल लमजुङ र एमाले प्रचार विभागद्वारा आइतबार बेंसीसहरमा आयोजित पत्रकार भेटघाटमा उनले अहिलेको सरकारले कुनै पनि काम गर्न नसकेको र आफू पुनः मन्त्रि भई अपूरा काम पूरा गर्ने धोको रहेको बताएका हुन् ।

उनले भने, गण्डकी प्रदेशले मेरो नेतृत्व खोजेको छ । म अघि बढेको छु ।’ गण्डकी प्रदेश सरकारमा करिब साढे ३ वर्षसम्म मुख्यमन्त्री भएर काम गर्दा केही काम अपूरा रहेकाले पूरा गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्