११ अंकले घट्यो नेप्से परिसूचक



काठमाडौं । सेयर बजारमा परिसूचक नेप्सेसँगै कारोबार रकम पनि लगातार घट्दै गएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ११.४७ अंक (०.५९ प्रतिशत) ले गिरावट भएर १९२६.२८ अंकमा बन्द भएको छ ।

बजार परिसूचक नेप्सेसँगै अधिकांश उपसूचकमा गिरावट हुँदा अन्य उपसूचक भने ०.२९ प्रतिशतले वृद्धि भएको छ । नेप्सेसँगै कारोबार रकम पनि ओरालो लागेको छ । आइतबार बजारमा कारोबार रकम ७५ करोडभन्दा झरेको छ । आइतबार २५ लाख २४ हजार २२४ कित्ता सेयर किनबेच हुँदा ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्