
काठमाडौँ । बलात्कारकाे आराेप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालाेसूचीमा राखेकाे छ र जबर्जस्ती करणीमा उजुरी परेसँगै उनलाई कालाेसूचीमा राख्न प्रहरीले विभागलाई पत्राचार गरेको थियाे ।
पत्राचारपछि विभागले उनलाई कालोसूचीमा राखेको हो । सन्दीपले भदौ ५ र ६ गते राति गौशालास्थित एक होटलमा आफूमाथि जबर्जस्ती करण गरेको भन्दै १७ वर्षीय नाबालिगले भदौ २१ मा गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिईन्।
सन्दीप हाल क्यारेबियन प्रिमियर लिग खेल्न सेन्ट लुसियामा छन् । राष्ट्रिय टाेलीसँगै टी–ट्वान्टी खेल्न केन्या पुगेका सन्दीप उतैबाट सेन्ट लुसिया पुगेका थिए ।





