दाङ-२ बाट कृष्णबहादुर महरा उम्‍मेदवार सिफारिस



दाङ । दाङ क्षेत्र नं. २ बाट पूर्वसभामुख कृष्णबहादुर महराको नाम सर्वसम्‍मत उम्‍मेदवार सिफारिस गरिएको छ ।

नेकपा माओवादी केन्द्र क्षेत्र नं. २ समन्वय समितिको आइतबार बसेको बैठकले महरालाई प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं २ बाट सर्वसम्‍मत सिफारिस गरिएको केन्द्रीय सदस्यले जानकारी दिए ।

माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महरा ०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवार बनेर विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्