कमेडियन अपूर्व क्षितिज तारेखमा रिहा



काठमाडौं । नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोग लागेका कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा रिहा गरिएको छ ।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि उपचार गर्नका लागि भन्दै तारेखमा रिहा गरिएको हो । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख गंगा पौडेलले उपचार गर्न भन्दै पछि उपस्थित हुने गरी उनलाई रिहा गरिएको जानकारी दिए ।

जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो ।

बुधबार मात्रै अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीले अनुमति दिएको थियो । अपूर्वलाई प्रहरीले १२ भदौमा पक्राउ गरेर थुनामा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्