किर्ते मतदाता फण्डामा बूढानीलकण्ठ काँग्रेसमाथि नै प्रतिप्रश्न ?



काठमाडौं । निर्वाचनको समयमा मात्र सक्रियता देखाउने बूढानीलकण्ठको एक स्थानीय अनलाईनले ‘फर्जी मतदाता’ भन्दै केही समयअघिदेखि निरन्तर रुपमा समाचार सम्प्रेषण गर्दै आईरहेको छ । झन् हिजो (भदौ २० गतेका दिन) त ! केही समय सुस्ताए झै देखिने उक्त अनलाईनले बूढानीलकण्ठका मतदाताहरुलाई भ्रमित पार्नेगरी समाचारको बाढी नै ल्याएको छ । खासै समाचार संकलनको लागि दौडधुप नगर्ने उक्त कोठे अनलाईनको उद्देश्य नै काठमाडौं क्षेत्र नं. ४ का संघीय सांसद गगन थापालाई चुनाव जिताउने देखिन्छ ।

नेकपा एमाले बूढानीलकण्ठ र डा. राजन भट्टराईलाई जोडेर ‘किर्ते मतदाता’ शिर्षकमा दर्जनौं समाचार सम्प्रेषण गरिसकेका अनलाईनको विश्वनियता माथि नै अहिले प्रश्न चिन्ह उब्जिएको छ ।

‘अति गर्नु तर अत्याचारै नगर्नु’ भन्ने उखान झैं अहिले घट्नाले फरक मोड लिएको छ । काठमाडौं क्षेत्र नं. ४ (२) का ७५५ जना मतदाताविरुद्ध बेनामी उजुरी परेपछि नेकपा एमाले बूढानीलकण्ठले जिल्ला निर्वाचन कार्यालय काठमाडौं घेराउ गरेको छ ।

सुनियोजित रुपमा नेपाली काँग्रेसले सत्ताको चरम दुरुपयोग गरी नेकपा एमालेको नाम किर्ते मतदाता प्रकरणमा जोडेर विगतका निर्वाचनहरुमा मतदान गरिसकेका एमालेका कार्यकर्ता र शुभचिन्तहरुको नाम काटेपछि अधिवक्ता तथा काठमाडौं क्षेत्र नं. ४ (ख) प्रदेश सभा सदस्यका सशक्त दावेदार जयराम थापा भन्छन्, ‘तपाईले भने पनि नभनेपनि हामीलाई थाहा छ त्यो नेपाली काँग्रेसको मान्छे हो, त्यो कस्तो प्रकृतिको मान्छे हो, तपाईसँग कहा गफ भाको छ त्यो पनि थाहा छ, तपाईहरुको फुल प्लान हामीलाई थाहा छ, सवै कुराको विवरण हामी अख्तियारमा बुझाउँछौं, नागरिकले फोटो खिचेको नामावली प्रकाशन नहुँदै प्रहरीकहाँ कसरी पुग्यो, प्रहरीकहाँ पुर्याउने मान्छे को हो ? राजनीतिक पार्टी नेपाली काँग्रेसले तपाईहरुबाट लिएको सूचना हामीसँग पनि छ त्यसै हामीले अख्तियार आयोगलाई बोदार्थ राखेका छैनौं । फोटो खिच्ने मान्छे तपाईहरु, कागजपत्र बुझ्ने तपाईहरु कागजपत्र लिएर फोटो खिचिसकेपछि यो होइन भन्न पाउने अधिकार हुन्छ र ? अरुले भनेकै भरमा तपाईहरु नागरिकको अधिकार हनन् गर्नुहुन्छ भने तपाई मान्नुस् नेकपा एमालेले आन्दोलन गर्छ, चुनाव हुन दिदैन् ।’

नेपाली काँग्रेसको इसारामा गगन थापा जिताउन किर्ते उजुरीकर्ता खडा गरेर विगत २०६८ देखि मतदान गरिरहेका नेकपा एमालेका शुभेच्छुक तथा कार्यकर्तालाई जिल्ला निर्वाचन कार्यालयले नै टेलिफोन सम्पर्क गरी २४ घण्टाभित्र सम्बन्धित कागजात सहित उपस्थित हुन उर्दी जारी गरेपछि बूढानीलकण्ठका नगरप्रमुख मिठाराम अधिकारी सहित जनप्रतिनिधिहरुको टोली जिल्ला निर्वाचन कार्यालय अनामनगर पुगेको थियो ।  

२०७९ को नगर कार्यपलिका निर्वाचनमा कार्यपालिका सदस्यमा निर्वाचित मेन्दोक शेर्पासहित ७५५ जना मतदातालाई निर्वाचन कार्यालयले काजगपत्र लिएर आउन सूचित गरेपछि यो विषय एमालेको मात्रै नभई सिङ्गो बूढानीलकण्ठ नगरपालिकाको विषय बन्न पुगेको छ ।

नगरप्रमुख अधिकारीले जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईलाई निर्वाचन कार्यालयले जारी गरेको पत्र गैरकानुनी र त्रुटीपूर्ण रहेको भनी ध्यानाकर्षण गराएका थिए ।

निर्वाचन अधिकारी भट्टराईलाई बूढानीलकण्ठका जनप्रतिनिधिहरुले नेपाली काँग्रेसको लहडमा राजनीति गर्न मन भए चुनाव लड्न आउनुस् भनी प्रश्न गर्दा उनले त्यो समयले बताउँला भनी प्रतिप्रश्न गरेपछि नाराबाजी गरिरहेका एमालेका शुभचिन्तक तथा कार्यकर्ताहरुले उनको नेमप्लेट तोडफोड गरेका थिए ।

निर्वाचन अधिकारी भट्टराई, नगरप्रमुख मिठाराम अधिकारी र जनप्रतिनिधिहरुको टोलीबिचको सामूहिक छलफलपछि तत्काल समस्या समााधनका लागि वडाबाटै मतदाता प्रमाणित भएको चिठी मगाई निर्वाचन अधिकारीलाई बुझाईएको थियो ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौंका जिल्ला निर्वाचन अधिकारी ठाकुर प्रसाद भट्टराईले यसअघिका निर्वाचनमा मतदान गरिसकेका मतदाताहरु आगामी निर्वाचनमा समेत छुट्न नहुने र मतदाताको हकहित सुनिश्चतताको लागि आफू तत्पर रहेको जानकारी गराएपछि अहिले किर्ते मतदाता फण्डामा बूढानीलकण्ठ काँग्रेसमाथि नै प्रतिप्रश्न उब्जेको छ ।

यो पनि पढ्नुहोस्

बूढानीलकण्ठ कार्यपालिका सदस्यसहित ७५५ मतदाताको नाम काटिएपछि जिल्ला निर्वाचन कार्यालयमा जनप्रतिनिधिको धर्ना

वर्तमान संसदीय व्यवस्थामा गगन थापा प्रधानमन्त्री होइन् मन्त्री समेत बन्न सक्दैनन्

प्रतिक्रिया दिनुहोस्