कोरियामा डेउ नेपाली समाजको ऐतिहासिक छैठौं अधिवेशन सम्पन्न



दक्षिण कोरिया ,ख्यङ्गसाङनामदो, खजेदोमा अवस्थित बहु राष्ट्रिय पानी जहाज निर्माण कम्पनी (DAEWOO SHIP BUILDING AND MARINE ENGINEERING COMPANI/DSME) मा कार्यरत सयौं नेपालीहरुको छाता संगठन डेउ नेपाली एकता समाजले यहि सेप्टेम्बर 4 तारिक (भाद्र१९ गते)अधिवेशन सम्पन्न गरेको छ। सो अधिवेशनले कुशल पुन मगरको अध्यक्षतामा २२ सदस्यीय कार्य समिती सर्वसम्मत रुपमा चयन गरेको छ भने बाँकी ९ सदस्य नयाँ कार्य समितिको बैठकद्वारा मनोनीत गरेर जम्मा ३१ सदस्यीय कार्य समिती निर्माण गरिने वताइएको छ।

उक्त कम्पनी मा नेपालीहरुका संयोजक एवं दोभासे नोविन्द्र कटुवाल को प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष गोपाल तुमसिङ्ग मगरको अध्यक्षतामा समपन्न संस्थाको छैठौं अधिवेशनको संचालन सचिवको हैसियतमा कुशल पुनले गरेका थिए।

रुकुमका कुशल पुन चार वर्ष अघि ईपिएस मार्फत नेपालबाट सिधै उक्त कम्पनिमा पुगेका थिए।सबैसँग मित्रवत व्यबहार र समाजिक कार्यमा सक्रियता देखाउन सक्ने कुशलले छोटो समयमा सबैको बिश्वास जितेर सधैं जसो कडा प्रतिस्पर्धा हुने अध्यक्ष पदमा आफुलाई सर्व सम्मत बनाउन सफल भएका हुन।विशेष गरि कोरोना समयमा बाहिर बाट कामदार नल्याउने र भएकाहरु भिसा सकिएर वा कम्पनी सरेर बाहिरिने क्रममा नेपालीको संख्या न्यून भएको अवस्थामा सदस्य हुँदै सचिवको जिम्मेवारी समालेर संस्थालाई बचाउन महत्वपूर्ण भुमिका खेलेर सबैको बिश्वास जित्न सकेका हुन।

सन २००८ देखि थोरै नेपाली प्रवेश सुरु गरेको उक्त कम्पनीमा २०१५/१६ तिर नेपालीको संख्या करिव आठ सय सम्म पुगेको थियो।यति धेरै नेपाली कार्यरत भएको ठाउँमा एउटा साझा संस्था नहुदा विभिन्न सामाजिक काम वा आपसि सहयोग आदान प्रदानमा असहजता महसुस गरेका मोहन पन्डित,केशब खड्का,अंशुवर्मा लिम्बू ,लगायतका अग्रणी केहि व्यक्तिको पहल र सबै नेपालीको समर्थनमा मोहन पन्डित अध्यक्ष रहने गरि सन २०१६ मा संपुर्ण नेपालिको साझा संस्थाको रुपमा “डेउ नेपाली एकता समाज”को स्थापना गरिएको थियो।त्यस यता संस्थाले बर्षेनी विभिन्न सामाजिक सेवा र सृजनशिल कार्यक्रमहरु गर्दै आएको छ।हाल उक्त कम्पनीमा नेपाली को संख्या करिब साढे दुई सय जति रहेको छ।

नव निर्वाचित अध्यक्ष पुनले यस संस्थाको स्थापना गर्ने संस्थापकहरु देखि हालसम्म संस्थालाई जीवन दिन विभिन्न भूमिका खेल्ने सबै सबैलाई हृदय देखि सम्मान व्यक्त गर्दै संस्थालाई सबैको अपनत्व महसुस हुने गरेर काम गर्ने वताएका छन ।

नव निर्वाचित कार्य समितिकाे नामावली :

१) अध्यक्ष:- कुशल पुन मगर
२) उपाध्यक्ष : टेकनाथ बराल
३)उपाध्यक्ष : दिवस छन्त्याल
४)उपाध्यक्ष: रञ्जन राई
५)उपाध्यक्ष: राधेश्याम राई
६) सचिव:- चेतनाथ कँडेल
७) सह-सचिव:- आङ दोर्जे शेर्पा
८) कोषाध्यक्ष:- शिव गैरे
९) सह-कोषाध्यक्ष:- भुवन लामा

सदस्यहरु:-
१०) अमित कुमार शाही
११) मनोज राना मगर
१२) मनोज कडरा
१३)निर प्रताप चन्द
१४) जीवन मगर
१५) शंकर अधिकारी
१६) कमल थापा
१७) रमेश बोहरा
१८) कृष्ण हिराचन
१९) शंकर पाण्डे
२०)सन्तोष वेलबासे
२१) ललित साउद
२२) मोहन लिम्बु
बाँकी नौ सदस्य पछि थप्नेगरी ।

प्रतिक्रिया दिनुहोस्