वासुदेव गौतम ! गगन थापा विरुद्ध जाने संकेत, नेपाली काँग्रेसका चार हजार मतदाता प्रभावित हुँदै



काठमाडौं । सफल व्यवसायी तथा नेपाली काँग्रेसका पुराना कार्यकर्ता बासुदेव गौतमलाई काठमाडौं क्षेत्र नं. ४ मा काँग्रेसले उम्मेद्वार नाम सिफारिस गर्ने क्रममा निषेध गरेपछि उनी गगन थापा विरुद्ध जाने संकेत गरेका छन् ।

काँग्रेस स्रोतका अनुसार नेपाली काँग्रेसका नेता राजु श्रेष्ठले जिल्ला कार्यसमितिमा उम्मेद्वार नाम टिपाउन गौतमलाई अनुरोध गरेपनि क्षेत्रीय समितिको छलफलमा सहभागी नगराएपछि उनले काँग्रेसबाट दावी नगर्ने बुझिएको छ ।

डा. सशांक कोइराला निकट मानिने गौतमको काँग्रेसका संस्थापक नेता विपि कोईराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोईरालासम्मको पारिवारिक सम्बन्ध रहेको छ । काठमाडौं ४ मा चार हजार भन्दा बढी मतदातासँग प्रत्यक्ष जोडिएका बासुदेव गौतमलाई आउँदो मंसिर ४ को प्रदेश र संघीय चुनावमा लत्याउँदा नेपाली काँग्रेसले निकै महङ्गो मूल्य चुकाउनेपर्ने देखिन्छ ।

यो पनि पढ्नुहोस्

नेपाली काँग्रेसबाट काठमाडौं–४ को संघीय सांसदमा बासुदेव गौतमको दावेदारी !

वडागत छलफलपछि गगन थापा निराश, डा. राजन भट्टराई र बासुदेव गौतमबिच प्रतिस्पर्धाको संकेत

प्रतिक्रिया दिनुहोस्