
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले इन्द्रचाेक र असन क्षेत्रका अवैध पसल तथा व्यवसायिक संरचना हटाउने भएकाे छ ।
महानगरले मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रूपमा सञ्चालन भइरहेको पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको हाे ।
महानगरले काठमाडौँ २५ नम्बर वडा कार्यालयले एक सूचना जारी गर्दै इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर वरिपरिको खास्तो व्यापार, भेडा स्थित श्री भवानी शंकर मन्दिर क्षेत्रमा नौदेबल (माटोको भाँडा कुँडा)को लगायत अन्य व्यापार व्यवसाय हटाउन निर्देशन दिएको हो ।





