फिल्म ‘प्रकाश’प्रति शिक्षामन्त्रीको आपत्ति



काठमाडौं । चलचित्र ‘प्रकाश’प्रति शिक्षामन्त्री देवेन्द्र पौडेलले आपत्ति जनाएका छन् । प्रदर्शन भैरहेको ‘प्रकाश’प्रति शिक्षामन्त्री पौडेल यो फिल्म राजनीतिक पूर्वाग्रसहित निर्माण गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

विश्वज्योति हलमा फिल्म हेर्न पुगेका पौडेलले फिल्मका कतिपय दृश्य र बिम्ब राजनीतिक पूर्वाग्रहसहित राखिएको आरोप लगाए । जनयुद्ध लडेको पार्टीप्रति फिल्म नकारात्मक देखिएको उनको भनाई छ ।

‘फिल्ममा कम्युनिस्ट पार्टीको झण्डा देखाइएको छ भने माओवादी युद्धको पृष्ठभूमि र बेपत्ता परिवारको प्रसंग पनि जोडिएको छ । फिल्मको कथा शिक्षकसँग भन्दा एउटा आस्थासँग सम्बन्धित देखेँ। राजनीतिसँग सम्बन्धित । त्यहाँ प्रस्तुत भएको बिम्ब, झण्डा, आफैँ पनि सहिदको छोरा, विकृति गर्ने निर्वाचन जिताएको त्यही सम्बन्धित पार्टीबाट, त्यसको सन्देश शिक्षासँगभन्दा पनि राजनीतिसँग सम्बन्धित भएको महसुस भएको छ’, उनले भने ।

नेपालको शैक्षिक अवस्था फिल्ममा देखाएभन्दा निक्कै अघि बढेको उनले बताए । फिल्ममा देखाइएको कथालाई लिएर त्यही ठाउँका जनताले फैसला गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्