सत्ता गठबन्धनको बैठक ३ बजे बस्ने



काठमाडौं । सत्ता गठबन्धन दलको बैठक दिउँसो ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।

शीर्ष तहका नेतासहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक बस्न लागेको जनमोर्चाका नेता आनन्द शर्माले जानकारी दिए ।

आसन्न चुनावमा सिट भागबण्डामा सहमति खोज्नका लागि पाँच दलको बैठक बस्न लागेको हो । यस अघि बिहीबार बसेको बैठकमा सिट भागबण्डामा सहमति जुट्न नसकेपछि आज पुनः छलफलका लागि नेताहरुलाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्