गगन थापा र निर्वाचन आयोगको सेटिङमा करिव ७०० मतदाता मतदान गर्नबाट बञ्चित हुँदै !



काठमाडौं । विभिन्न जिल्लाबाट बसाईसराई गरी बूढानीलकण्ठ नगरपालिका क्षेत्र नं. ४ भित्र स्थायी रुपमा बसोबास गरी गत संघीय निर्वाचन तथा स्थानीय निर्वाचनमा मतदान गरेका करिव ७०० मतदाताहरु मतदान गर्नबाट बञ्चित हुने भएका छन् ।

हिजोको मिती राखी जिल्ला निर्वाचन कार्यालय काठमाडौंले गत संघीय र स्थानीय निर्वाचनमा मतदान गरिसकेका परिचयपत्र मतदाता बाहकहरुको बारेमा उजुरी परेको भन्दै सार्वजनिक सूचना प्रकाशन गरेपछि दुई पटक मतदान गरिसकेका मतदाताहरु सशंकित भएका छन् ।

मतदातामा नामावली समावेश भएका व्यक्तिहरुले जिल्ला निर्वाचन कार्यालय र बूढानीलकण्ठ नगरपालिकाको कार्यालयमा सशरिर उपस्थित भई आवश्यक कागजातहरु निर्वाचन आयोगका अधिकृतबाटै प्रमाणीकरण गरिएका व्यक्तिहरुको बारेमा जिल्ला निर्वाचन कार्यालय काठमाडौंले पत्राचार गर्नु आफैंमा शंकाष्पद देखिएको छ ।

मतदाता परिचयपत्र निर्माण गर्न सक्कली नागरिकता, बसाईसराईको फोटोकपी सहित तोकिएको निर्वाचन कार्यालयमा स्वयम व्यक्ति उपस्थित भई फोटो खिचाई मतदाता परिचयपत्र वितरण गरी दुई पटक मतदान गरिसकेका व्यक्तिहरु कसरी मतदानका लागि अयोग्य हुन सक्छन् ?

अधिवक्ता तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा काठमाडौं क्षेत्र नं. ४ (ख) प्रदेश सभा सदस्यका सशक्त दावेदार जयराम थापाले परिवर्तन खबरलाई भने, ‘राज्यसक्ताको दुरुपयोग गर्दै व्यक्तिगत पहुँचका आधारमा मतदाताहरुले मतदान गर्ने पाउने अधिकार बञ्चित गर्न खोजिएको प्रति भत्र्सना गर्दै यदि त्यस्तो गरेको पाईएमा प्रचलित कानुनको ठाडो उल्लङ्घन हुने र नेकपा एमाले काठमाडौंले सशक्त प्रतिकार गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्