अन्तर स्कूल बास्केटबल टुर्नामेन्टको प्रथम उपाधि दीक्षालय स्कूललाई



काठमाडौं । यूरो स्कुल हात्तिगौँडा, काठमाडौंद्वारा आयोजित अन्तर स्कूल वास्केटबल टुर्नामेन्टमा बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ स्थित दीक्षालय स्कूल प्रथम भएको छ ।

पुरुषतर्फ १८ वटा र महिलातर्फ ११ वटा विद्यालय सहभागी भएको उक्त टुर्नामेन्टमा महिलातर्फको उपाधी दीक्षालय स्कूल कपनले काष्टमण्डप माविलाई १०–२३ को फराकिलो अङ्कले हराउँदै प्रथम स्थान हासिल गरेको हो ।

प्रतियोगितामा दीक्षालय स्कुलकी पेम्बा शेर्पाले उत्कृष्ट खेलाडी उपाधी हासिल गरेकी छिन् । नेपाल बास्केटबल एसोशियसनका सदस्य सचिव नरेन्द्र थापाको प्रमुख आतिथ्यमा समापन भएको कार्यक्रममा विजेताहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

भदौ ९ गते उद्घाटन भएको प्रतियोगितामा उपत्यकाका ३० वटा विद्यालयहरू सहभागी जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्