कास्की १ बाट चुनाव लड्दै गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् संघीय सांसद गगन थापाले मंसीर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचन कास्की १ बाट लड्ने भएका छन् ।

उनले कास्की जिल्ला क्षेत्र नं. १ बाट संघीय प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवार हुने मनोनयन दरखास्त फारम भरेका हुन् । उनले नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालमार्फत् (हस्ते) दरखास्त दिएका हुन् ।

नेपाली कांग्रेस कास्की क्षेत्र नं- १ का सभापति राजेन्द्रमणि लामिछाने र सचिव ढकालले थापाको संघीय प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि उनी काठमाडाैँ क्षेत्र नं. ४ बाट चुनाव लड्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्