बालेनलेभन्दा चर्काे सेन्टिमेन्ट ल्याएर जित्ने उम्मेदवार खाेज्दैछाैँ : प्रचण्ड



काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन शाहलेभन्दा चर्काे सेन्टिमेन्ट ल्याएर जित्न सक्ने उम्मेदवार खाेजिरहेकाे बताएका छन् ।

साेमबार पार्टीकाे प्रादेशिक प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन उनले भनेका छन्, ‘हामीले उम्मेदवार पनि अब नयाँ-नयाँ मान्छे ल्याउने साेच्दैछाैँ । अब चलखेल गरेर मात्रै जित्ने स्थिति त देखिएन । निर्वाचन भनेकाे सेन्टिमेन्ट पनि हाे । पर्सेप्सन पनि हाे । बालेनले जिते, सेन्टिमेन्टले जिते । हामीले पनि बालेनले भन्दा चर्काे सेन्टिमेन्ट ल्याउने उपाय खाेज्दैछाैँ ।’

गुटबन्दी नगर्ने र कुनै पनि गुटमा नरहेकाे व्यक्ति उम्मेदवार बनाइयाे भने सजिलैसँग काठमाडाैँमा पनि २/३सिट जित्ने उल्लेख गर्दै उनले भनेका छन्, ‘अब साेच्दै नसाेचेकाे मान्छे ल्याउने विचार छ । यस्ताे मान्छे जाेचाहिँ गुटबन्दीमा छैनन्, कहीँ पनि छैनन् । याे गुट र त्याे गुट भन्ने पनि छैन, हामी सबै सबले साथ दिन सकिने । हाे याे चाहिँ ठिक भन्नेखाले चाहिँ अब ल्याउने । जुरुक्कै उठ्ने भन्ने ल्याइयाे भने काठमाडाैँमा २/३ सिट त हामीले जित्न सक्छाैँ । २/३ वटा संघ जित्याैँ भने त काठमाडाैँमा हामी फेरि शक्तिशाली भएर, एक नम्बरकाे भएर अगाडि जान सकिन्छ।’

प्रतिक्रिया दिनुहोस्