
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल आज अमेरिका जाँदैछन् ।
इन्टर पोल बैठकमा भाग लिन महानिरीक्षक सिंह र अर्याल अमेरिका जान लागेका हुन् ।
सम्मेलनमा आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुव्यसनी सम्बन्धी विषयमा छलफल हुने बताइएको छ ।





