
काठमाडौं । काठमाडौंको न्युरोडस्थित सुरज आर्केड लगायतका व्यवसायिक भवनको बेसमेन्टमा भएका पसलहरु खाली गराउन निर्देशन दिएर नगर प्रहरीको टोली फर्किएको छ ।
न्युरोडको सुरज आर्केडमा रहेको बेसमेन्टमा राखिएका पसलहरु दिउँसो ४ बजेसम्ममा हटाउन निर्देशन दिइएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
‘दिउँसो ४ बजेसम्मका लागि समय माग्नुभएको छ,’ पाण्डेले भने, ‘डोजर लगाएर भत्काउने हाम्रो उद्देश्य होइन् । सकेसम्म समय दिनुपर्छ भन्नेमा नै छौं ।’
सोमबार बिहान नगर पाण्डेको नेतृत्वमा टोली बेसमेन्ट खाली गराउन पुगेको थियो ।





