वर्तमान संसदीय व्यवस्थामा गगन थापा प्रधानमन्त्री होइन् मन्त्री समेत बन्न सक्दैनन्



काठमाडौं । बहुदलीय व्यवस्थामा आधारित वर्तमान संसदीय व्यवस्थामा दल प्रधान हुन्छ व्यक्ति गौण हुन्छ । दलभित्रका सांसदहरुले आफ्नो दलको संसदीय नेता छनोट गर्छन् । तिनै संसदीय दलका नेता पार्टीको तर्फबाट प्रधानमन्त्रीका घोषित उम्मेद्वार नै हुन् ।

नेपाली काँग्रेसका सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय दलका नेता हुन् । काँग्रेसको केन्द्रिय समितिमा देउवा पक्षधरको उपस्थिति ८२ प्रतिशत रहेको छ भने काँग्रेसभित्रकै डा. शेखर कोइरालाको पक्षमा जम्मा १८ प्रतिशत मात्र केन्द्रिय समिति छ ।

डा. शेखरको टिमबाट महामन्त्री बनेका गगन थापा टिमभित्रका समेत नेता होइनन् । थापालाई शेखर टिमबाट समेत प्रधानमन्त्रीमा सिफारिस हुने सम्भावना छैन भने सिङ्गो काँग्रेसको टिमबाट उनी प्रधानमन्त्रीको उम्मेद्वार बन्ने कुरा नेपालले चन्द्रमामा बस्ती बसाले समान हुनेछ ।

तीन पटक सांसद बनेका गगन थापा छोटो समयको लागि स्वास्थ्यमन्त्री बने । त्यही छोटो समयमा विपि स्वास्थ्य प्रतिष्ठानको उपकुलपति नियुक्ति प्रकरणमा १४ करोड लेनदेनमा मुछिए । त्यतिमात्र होइन स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न महानिर्देशकहरु सरुवा प्रकरणमा निकै विवादित बने ।

काँग्रेसभित्र ८ पटकसम्म सांसद बनेका पाका नेताहरु अझै क्रियाशील छन् । काँग्रेसको केन्द्रिय समितिमै रहेका अधिकांश नेताहरुले गगन भाई भनेर सम्बोधन  गर्ने गर्छन् । त्यसैले काँग्रेसभित्रका अग्रज नेताहरुले गगनलाई मन्त्री समेत बनाउने सम्भावना नरहेको काँग्रेस श्रोतले बताएको छ ।

बाख्रा पालन, मासु पसल संचालन र एमसीसी पास गराउन मुख्य भूमिका खेलेका गगन थापाले काठमाडौं ४ का जनतालाई पटकपटक झुक्याएर चुनाव नजित्ने निश्चित भएपछि कहिले प्रोजेक्ट गभरमेन्ट त कहिले भावी प्रधानमन्त्री भनेर कपोकल्पित एजेण्डा मार्फत आफू चुनाव जित्ने रणनीति बनाईरहेका छन् ।

थापाको प्रधानमन्त्री फण्डा पनि असफल हुने निश्चित भएपछि गत निर्वाचनमा आफ्नै निर्देशनमा बम पड्काए जस्तै अर्काे फण्डा पनि गर्छन् भन्ने तयारीमा नेकपा एमाले रहेको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्