डोजर लिएर राहदानी विभाग पुगे महानगरप्रमुख बालेन शाह



काठमाडौं । काठमाडौं महागरपालिकाका मेयर बालेन साह शुक्रबार डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय पुगेका छन्।

बिहीबार नयाँ बानेश्वर क्षेत्रमा रहेको अवैध संरचनाहरु हटाएका मेयर बालेन शुक्रबार भने राहदानी विभाग हिँडेको उनको सचिवालयले जनाएको छ ।

३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । मेयर बालेन्द्र साह आफैं फिल्डमा खटिएर भत्काउन निर्देशन दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्