अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा पेश गरेकाे राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले आगामी निर्वाचनका लागि एमालेलाई १६ प्रतिशत मत नपुग्ने बताएका छन् । ‘एमाले विभिन्न षडयन्त्र, गठबन्धनको सामना गर्न तयार छ, यस चुनावमा हामीलाई धेरैतिर जित निकाल्न समस्या छैन । बहुमतका लागि १६ प्रतिशत मत मात्र अपुग छ’, उनले भने ।

जनता अलमलमा पर्नसक्ने भन्दै उनीहरुलाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी पार्टीका नेता, कार्यकर्ताहरूको काँधमा रहेको पनि उनले उल्लेख गरे ।

ओलीले जनमत एमालेको पक्षमा पार्ने र सो जनमतको रक्षा गर्न आवश्यक तरिका र उपायहरु अवलम्वन गर्न निर्देशन पनि दिए ।

पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्