काठमाडाैँका ३२ वटै वडामा अवैध संरचनाकाे अनुगमन हुँदै



काठमाडौँ । काठमाडौं महानगरपालिकाले काठमाडाैँका ३२ वटै वडामा निर्माण भएका अवैध संरचनालाई नियमन गर्ने भएकाे छ ।

महानगरले भूमिगत पार्किङमा अवैध रूपमा चलिरहेका पसलहरूको अनुगमन गरी नियमन गर्ने नीति अख्तियार गरेकाे हाे । महानगरले यसकाे अनुगमन गर्ने जिम्मा वडा कार्यालयहरूलाई दिएको छ ।

अहिले काठमाडौँको सीमित क्षेत्रमा चलिरहेको अभियानलाई ३२ वटै वडासम्म विस्तार गर्ने गरी अनुगमन थाल्न महानगरका मेयर बालेन साहले वडाध्यक्षहरूलाई निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्